धनगढी । कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर–९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका ५ जनामध्ये ३ जनाको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
ढिस्कोले पुरिएर सोही ठाउँ बस्ने १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घनास्थलमा र ३० वर्षीया गंगादेवी जयगडीको उपचारको क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
माटोको ढिस्को परेर हातमा चोट लागेका १२ वर्षीया काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको छ । शनिबार १२ बजेको समयमा माटो निकाल्ने क्रममा माथिबाट ढिस्को खसेपछि उनीहरू पुरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया