ताजा समाचार


भारतमा कृषि कानून बिरुद्ध किसानहरुको चक्काजाम जारी, उत्तरप्रदेशलगायत चार राज्यमा प्रहरीले गरे छापामारी

द रियल समाचार     २०७७ माघ २४, शनिबार, १४: ३७ मा प्रकाशित




एजेन्सी । भारतमा कृषि कानून बिरुद्ध किसानहरुले गरेको चक्काजाम जारी रहेको छ ।

यूपी र उत्तराखण्ड बाहेका देशका बाँकी राज्यहरुमा दिउँसो १२ बजेदेखि जारी रहेको चक्काजाम ३ बजेसम्म रहने बताइएको छ ।
किसानहरुले सड़कमा जाम लगाउन सुरु गरिसकेका छन् । चक्काजामलाई मध्यनजर गर्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

दिल्ली शहर भित्र र सीमाहरुमा करीब ५० जनाको संख्यामा प्रहरी खटाइएको छ । दिल्लीमा २६ जनवरीका दिन किसानहरुले गरेको ट्रयाक्टर रैलीको क्रममा भएको हिंसाको जाँच जारी रहेको बताइएको छ ।

यसैक्रममा दिल्ली प्रहरीले शनिबार उत्तरप्रदेश, पञ्जाव र हरियाणाका बिभिन्न स्थानमा छापामारी समेत गरेको छ ।

तस्बिर साभार : बिबिसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top