ताजा समाचार


सेन्ट्रल फाईनान्स लिमिटेडको २४ औं बार्षिक साधारणसभा सम्पन्न

द रियल समाचार     २०७७ माघ २४, शनिबार, १२: ३० मा प्रकाशित




काठमाण्डौ । सेन्ट्रल फाईनान्स लिमिटेडको २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक बर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरिएको छ ।

साधारणसभामा सेन्ट्रल फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी निर्देशक रजोज मान श्रेष्ठले यस वित्तीय संस्थाको चुक्ता पुँजी ८२ करोड ३३ लाख, निक्षेप ५ अर्व २८ करोड २७ लाख र कर्जा लगानी ३ अर्व ५८ करोड १० लाख रहेको जानकारी दिए ।

ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको सेन्ट्रल फाईनान्सको काठमाण्डौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह र सल्लाघारी, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुरधाम सहित देशभरिमा हाल १४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

सेन्ट्रल फाईनान्सले झापाको विर्तामोड, सुनसरीको इटहरी र पर्साको वीरगञ्जमा चाँडै शाखा सञ्चालनमा ल्याउने गरी तयारी भईरहेको र भविष्यमा थप शाखाहरु खोली कार्यक्षेत्र विस्तार गरिने प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

ललितपुरको कुपण्डोलस्थित संस्थाको कर्पोरेट भवन निर्माण भईसकेकोले छिट्टै आफ्नो भवनमा कार्यालय लगेर प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्ने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top