ताजा समाचार


१२ सय पिस नाइट्रोभेट ट्याबलेट सहित एकजना पक्राउ

द रियल समाचार     २०७७ माघ २४, शनिबार, ११: ३४ मा प्रकाशित




जनकपुरधाम । सर्लाहीबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका वडा नं. १० का ३० वर्षीय नन्दकिशोर राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी दिपक चोरवारले जानकारी दिए ।

रायलाई कविलासी नगरपालिका वडा नं.८ अगर्वास्थित विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलिले मलगंवाबाट नवलपुर तर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा लागुऔषध नाइट्रोभेट सहित नियन्त्रमा लिएको हो ।

रायलाई लागुऔषध नाइट्रोभेट ट्याब्लेट १ हजार २ सय पिस सहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेकालाई हिरासतमा राखी आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top