ताजा समाचार


काँग्रेसका १८ शुभेच्छुक संस्थाले आज देशभर विरोध प्रदर्शन गर्दै, जनकपुरमा निधिको अगुवाई

द रियल समाचार     २०७७ माघ २४, शनिबार, ११: ०३ मा प्रकाशित




जनकपुरधाम । संसद विघटन बिरुद्ध नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर विरोध प्रदर्शन गर्दै छ ।

माघ १३ गते बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले संघर्षका थप कार्यक्रमहरु घोषणा गरेअनुरुप आज पार्टीका १८ वटा शुभेच्छुक संस्थाहरुले विरोध प्रदर्शन गर्न लागेको हो । पार्टीको निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

यसैबिच प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको अगुवाईमा पार्टी कार्यालयबाट जुलुस सहित विरोध प्रदर्शन गरिने नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिए । दिउँसो १२ बजे पार्टी कार्यालयबाट निस्कने जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगी कोणसभामा परिणत हुने बताइएको छ ।

यसअघि माघ १९ गते नेपाली काँग्रेसका भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल मुस्लिम संघलगायतका संगठनहरुले वृहत विरोध प्रदर्शन गरेको थियो भने पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ वटै पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

अब फागुन ३ गते नेपाली काँग्रेसका जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top