जनकपुरधाम । धनुषाको महेन्द्रनगरस्थित एक कुखुरा फारममा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर-५ महेन्द्रनगरस्थित शनि फिड तथा कुखुरा सप्लायर्समा शुक्रबार राती आगलागी हुँदा लाखौंको चल्ला जलेर नष्ट भएको हो ।
कसैले रिसिबीका कारण आगो लगाएर भागेको हुनसक्ने फारमका सञ्चालक अमित कुमार मण्डलले जानकारी दिए । उनले फारममा करिव २ हजार चल्ला रहेको बताए ।
चल्ला, कुखुरा सहित पोल्ट्री फारमको अन्य सरसामान गरी करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया