ताजा समाचार


जिल्ला प्रशासन सिरहाद्वारा कामाख्या परिवार नेपाललाई सम्मान

द रियल समाचार     २०७७ माघ २३, शुक्रबार, २२: ४५ मा प्रकाशित




सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले कामाख्या परिवार नेपाल जनकपुरधामलाई कदर पत्र सहित सम्मान गरेको छ ।

कामाख्या परिवारद्वारा विपद ब्यवस्थापन समिति सिरहाको शीतलहरी पूर्वतयारी तथा प्रतिकार्य योजना,२०७७ अन्तर्गत “हुनेले नहुनेलाई न्यानो कपडा दिउँ” भन्ने अभियानमा मानवीय सहयोग पुर्याइ असल शासनकालागि सहकार्य गरेवापत सो सम्मान गरिएको हो ।

कार्यक्रममा कामाख्या परिवार केन्द्रिय कार्यालय जनकपुरधामले प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई अभिवन्दना समेत गरेको थियो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी कणेलको उपस्थिती तथा कामाख्या परिवार नेपालका अध्यक्ष विभाष कुमार लाभको नेतृत्वमा गएको समुहले सिरहा नगरपालिका वडा नं. ६ वसविट्टाका ७० विपन्न एवं अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको थियो भने संस्थाले जिल्ला प्रशासन कार्यालय सिरहाको परिसरमा १० थान डष्टविन समेत उपलब्ध गराएको छ ।

कार्यक्रममा संस्थाकी सचिव तथा कुष्ठरोग सेवा सदन लालगढ धनुषाको आर्थिक सामाजिक विभाग प्रमुख ललिता लाभले सो क्षेत्रका ६ जना विपन्नलाई जिविकोपार्जनकालागि वित्तीय सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाउन आग्रह गरिन् ।

कार्यक्रममा कामाख्या परिवार सर्लाहीका अध्यक्ष राकेश चौधरी सहित सम्पूर्ण पदाधिकारी, सदस्य एवं जनकपुरधामका सदस्य सहित जिल्ला प्रशासन कार्यालय सिरहाका कर्मचारी तथा स्थानीयको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top