सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले सप्तरी सदरमुकाम राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
नेकपा दाहाल-नेपाल समूहले हिजो गरेको आमहड्तालको क्रममा जनकपुरधाम, काठमाण्डौ सहित देशका विभिन्न भागमा प्रहरी प्रशासनले गरेको दमनको विरोधमा शुक्रबार साँझ ओलीको पुल्ला दहन गरेको हो ।
प्रहरीको लाठी प्रहारबाट नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, केन्द्रिय सदस्य रामचन्द्र झा, शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया, नेकपा नेता प्रदिप साहलगायतकाहरु घाइते भएका थिए ।
उनीहरुको हत्या गर्ने योजनाले निर्घात कुटपिट गरेको भन्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेकपा दाहाल-नेपाल समूहले जनाएको छ । पुत्ला दहन गर्नुअघि सो समूहले राजविराज नगरको परिक्रमा समेत गरेका थिए ।
नेकपा दाहाल-नेपाल समूहका नेताहरुले प्रहरी दमनको बिरोध गर्दै घटनाको अनुसन्धान गर्न माग गरेको छ ।
प्रतिक्रिया