ताजा समाचार


१० करोडको लागतमा निर्माण हुन लागेको पुलको मन्त्री सोनलले गरे शिलान्यास

द रियल समाचार     २०७७ माघ २३, शुक्रबार, १८: १३ मा प्रकाशित




बारा । प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बाराको सदरमुकाम कलैया जोड्ने दुधौरा नदीमा पुलको शिलान्यास गरेका छन् ।

बाराको परवानीपुर हाईवेदेखि सदरमुकाम कलैया जोड्ने कृषि सडकमा उनले शुक्रवार पुलको शिलान्यास गरेका हुन् । बाराको अधिकांश पश्चिमी भेगका स्थानीय तहबाट सदरमुकाम कलैया आवतजावतसँगै कृषि उत्पदान ढुवानीकालागि पुल निर्माण गर्न लागिएको बताइएको छ । १० करोड १५ लाखको लागतमा निर्माण हुन लागेको पुलको लम्बाई ८२ मिटर र चौडाइ ११ मिटर रहेको बताइएको छ ।

शिलान्यास कार्यक्रममा बारा निर्वाचन क्षेत्र ४ का सांसद एकबाल मियाँ, परवानिपुर गाउँ पालिकाका अध्यक्ष हरिनारायण साह, प्रसौनि गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपमेयर गिता साहलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top