ताजा समाचार


प्रदेश २ का सबै क्वारेन्टाइन र आइसोलेसन सेन्टर खाली

द रियल समाचार     २०७७ माघ २३, शुक्रबार, १८: ०३ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का सबै क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु खाली भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यस प्रदेशमा रहेको ४ हजार ७ सय ५० बेड क्षमताको ९० वटा क्वारेन्टाइन र ८ सय ७७ बेड क्षमताको आइसोलेसन सेन्टरहरु खाली रहेका छन् ।

सप्तरी जिल्लाको ३ सय ८५ बेड क्षमताको १९ वटा, सिरहाको १ सय ८५ बेड क्षमताको ८ वटा, धनुषाको ३५ बेड क्षमताको एउटा, महोत्तरीको ५० बेड क्षमताको एउटा, सर्लाहीको ४ सय २२ बेड क्षमताको ३ वटा, रौतहटको १ हजार १ सय ९० बेड क्षमताको २३ वटा, बाराको १ हजार २ सय २८ बेड क्षमताको १६ वटा र पर्साको १ हजार २ सय ५५ बेड क्षमताको १९ वटा क्वारेन्टाइनहरु खाली छन् । त्यस्तै सप्तरीमा रहेको २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा १५ र पर्सामा रहेको ३ सय ८६ बेड क्षमताका सबै आइसोलेसनहरु पनि खाली रहेका छन् भने महोत्तरी र सर्लाहीमा आइसोलेसन सेन्टर नै छैन् ।

यस प्रदेशमा सिरहामा २६ र महोत्तरीमा ३५ गरि ६१ जना व्यक्ति होम क्वारेन्टाइनमा छन् भने धनुषामा १८, महोत्तरीमा ९, सर्लाहीमा १०, रौतहटमा २, बारामा ४ र पर्सामा ११ गरि ५४ जना होम आईसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा २१ हजार १ सय ९२, सिरहामा १२ हजार ४ सय ५०, धनुषामा २० हजार ८ सय १६, महोत्तरीमा ८ हजार ८ सय ३५, सर्लाहीमा १४ हजार ४ सय ९५, रौतहटमा २४ हजार ३ सय २२, बारामा १२ हजार ५ सय २३ र पर्सामा ३० हजार ६ सय ६५ गरि जम्मा १ लाख ४५ हजार २ सय ९८ जनाको स्वाब परीक्षण गरिएकोमा १७ हजार १ सय ८९ जना संक्रमित भएका छन् भने १ लाख २८ हजार ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । धनुषामा २९ र पर्सामा २९ गरि कुल ५८ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार २ सय ८२ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ६ सय ६५, रौतहटमा २ हजार १ सय ७०, सर्लाहीमा २ हजार ४७, सप्तरीमा १ हजार ८ सय ३२, महोत्तरीमा १ हजार ८ सय २६, बारामा १ हजार ७ सय ९ र सिरहामा १ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १४ हजार १ सय ९० पुरुष र २ हजार ९ सय ९९ महिला रहेका छन् । संक्रमित मध्ये १६ हजार ९ सय २६ जना निको भई आ–आफ्नो घर फर्किसकेका छन् । जसमध्ये १३ हजार ९ सय ८१ पुरुष र २ हजार ९ सय ४५ महिला रहेका छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५४ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४० महिला र १ सय ६९ पुरुष गरि २ सय ९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५१, सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, बारामा २४, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

आज यस प्रदेशमा नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा ४८ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ५४ जनाको स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top