सप्तरी । सप्तरीमा नापी कार्यालयका निमित्त प्रमुख सर्वेक्षक र एकजना लेखापढी व्यवसायी घुस सहित पक्राउ परेका छन् ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर–४ स्थित नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव १५ हजार रुपैयाँ घुस सहित पक्राउ परेको अख्यिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
निमित्त प्रमुख ठाकुरले जग्गाको कित्ताकाट गरी दिने भन्दै लेखापढी व्यवसायी यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम मागेको सूचनाको आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटेको टोलीले दुबैजनालाई घुस लिइसकेको अवस्थामा नापी कार्यालयको छेउमा रहेको चिया पसलबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया