काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार काठमाण्डौमा शक्ति प्रदर्शन गरेको छ ।
संसद विघटनसँगै विभाजित ओली समूहले उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेको छ ।
जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गरिरहेका छन् । सभा सम्पन्न गर्न पार्टी काठमाण्डौ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको थियो ।
आमसभा अघि उपत्यकाका १३ स्थानबाट ओली समूहले जुलूस समेत निकालेको थियो ।
प्रतिक्रिया