ताजा समाचार


प्रदेश २ सरकारद्वारा सञ्चार क्षेत्रमा पदाधिकारी नियुक्त

द रियल समाचार     २०७७ माघ २३, शुक्रबार, १४: २९ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले पत्रकार तथा कलाकारसँग सम्बन्धित निकायमा पदाधिकारी नियुक्त गरेको छ ।

आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र लोकसञ्चार प्रर्बद्धन बोर्डको अध्यक्षमा शुक्रबार ३ जनालाई नियुक्त गरिएको हो । सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरी भट्टराई र चलचित्र विकास बोर्ड प्रदेश २ को अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

नियुक्त भएकाहरु मध्ये श्यामसुन्दर यादव र शिवहरी भट्टराई सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् भने मोरबैता सिरहा निवासी हुन् ।

प्राधिकरणका अध्यक्ष प्रेस फोरमका प्रदेश २ अध्यक्ष हुन् भने काउन्सिलका अध्यक्षमा नियुक्त भट्टराई डा.बाबुराम भट्टराई निकटका हुन । मोरबैता यसअघि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top