जनकपुरधाम । धनुषामा ट्याक्टर दुर्घटनामा परि एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-१ अरेरवामा बिहिबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा परि सोहि ठाउँ बस्ने १८ वर्षीय इन्द्रजित यादवको मृत्यु भएको हो ।
माटो लोड गरिएको ज.१ त. ७९७७ नम्बरको ट्याक्टर सिनुरजोडाबाट अरेरबातर्फ गईरहेको क्रममा सो युवक यादव अचानक ट्याक्टरबाट लडेका थिए ।
सोहि क्रममा टेलरको चक्का उनको टाउकोमा चढ्दा घटनास्थलमै उनको मृत्यु भएको स्थानीयले बताए ।
ट्याक्टरका चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कलिलो उमेरमै इन्द्रजितको मृत्यु हुँदा उनको छरछिमेकलगायत पुरा टोल शोकमा डुबेको छ ।
प्रतिक्रिया