ताजा समाचार


नागरिक अगुवाद्वारा शीतल निवास नजिकै मार्चपास

द रियल समाचार     २०७७ माघ २३, शुक्रबार, १०: ३७ मा प्रकाशित




काठमाण्डौ । नागरिक समाजले आज बिहान राष्ट्रपति भवन शीतल निवास नजिक मार्चपास गरेको छ ।

उनीहरूले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा अवैधानिक तवरले नियुक्ति गरेको भन्दै त्यसको विरोधमा मार्चपास गरिएको हो ।

उनीहरुले अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ?, लोकतन्त्र जिन्दावादलगायतका नाराहरु लेखिएको पर्चा पम्पलेटसहित मार्चपास गरेका थिए ।

लैनचोरबाट सुरु भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भयो । मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको थियो ।

कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, पत्रकार राजेन्द्र महर्जनलगायत लेखक, कवि, पत्रकार तथा बुद्धिजीविहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top