जनकपुरधाम । अस्पतालमा उपचार गराउन आउने विरामीहरूको प्रयोजनका लागि महोत्तरीको जलेश्वर अस्पतालमा कम्बल उपलब्ध गराइएको छ ।
जाडोको मौसममा चिसोबाट बच्न पाउने सबै नागरिकको अधिकार रहेकोले अस्पतालको इमरजेन्सी कक्षमा उपचारका लागि आउने विरामीहरुलाई मध्यनजर गर्दै तत्काल २० थान कम्बल उपलब्ध गराइएको हो ।
नेपाल रेडक्रस सोसाईटी महोत्तरीका अध्यक्ष दिपक मिश्रको सहयोग एवं युवा नेता सत्येन्द्र यादवको सहकार्यमा सो अस्पताललाई कम्बल उपलब्ध गराइएको युवा नेता यादवले जानकारी दिए ।
उनले विश्व क्यान्सर दिवसको अवसरमा जलेश्वर अस्पताललाई आफूहरुको तर्फबाट सानो सहयोग उपलब्ध गरिएको बताए ।
जाडोको मौसममा अस्पतालमा आउने विरामी र उनीसँग आएका कुरुवालाई जाडो छल्न समस्या भईरहेको अवस्थालाई दृष्टिगत गर्दै सहयोग गरिएको उनले बताए ।
आफूहरुले आफ्नो स्तरबाट यस्ता प्रकारका सहयोगहरु निरन्तर जारी राख्ने नेपाल रेडक्रस सोसाईटी महोत्तरीका अध्यक्ष दिपक मिश्रले प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया