ताजा समाचार


जगदगुरु श्री रामानन्दाचार्यको जन्मजयन्ती भव्यताका साथ मनाइयो

द रियल समाचार     २०७७ माघ २२, बिहीबार, १९: ३९ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाममा वैष्णव सनातन धर्मका प्रवर्तक आचार्य सम्राट जगदगुरु श्री रामानन्दाचार्यको सप्ताहव्यापी जन्मोत्सव समारोह सम्पन्न भएको छ ।

श्रीरामानन्दीय श्री वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधामस्थित रामानन्द चोकमा भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहित ७ दिवसीय जन्मजयन्ती महोत्सव मनाइएको हो । माघ १६ गतेदेखि माघ २२ गतेसम्म साध्वी चंचलाले श्रीरामजानकी कथा र भक्तमाल कथा वाचन गर्दै आइरहेकी थिईन् ।

समारोहको अन्तिम दिन आयोजित कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले जगदगुरु स्वामी रामानन्दाचार्यले जातीय भेदभाव, छुवाछुत, असमानताको बिरोधमा आजभन्दा तेह्रसय वर्ष पूर्व धार्मिक क्रान्ति गरेर हिन्दू जीवन पद्धति रहेको सन्देश विश्वलाई दिएको कुरालाई हामीले आजपनि अंगिकार गर्नु आवश्यक रहेको बताए ।

सो अवसरमा जनकपुरधामको नगरपरिक्रमा सहितको शोभा यात्रा पनि निकालिएको थियो । जन्मोत्सवमा हजारौ श्रद्धालुभक्तजन तथा साधु सन्तहरुको सहभागिता रहेको थियो । श्रीरामानन्द आश्रममा पनि उनको जन्मजयन्ती हर्षोल्लासपूर्वक मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top