ताजा समाचार


आमहड्ताल पूर्णरुपमा सफल भएको दाहाल–नेपाल समूहको दाबी

द रियल समाचार     २०७७ माघ २२, बिहीबार, १९: ३० मा प्रकाशित




जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आजको आमहड्ताल पूर्ण सफल भएको दाबी गरेको छ ।

संघर्ष समितिका संयोजक समेत रहेका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरेका छन् ।

आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कत पार्टी र जनताको संयमताले असफल पारिएको विज्ञप्तिमा उल्लेख छ । आमहड्तालको क्रममा गिरफ्तार गरिएका आफ्ना पार्टीका नेता कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गरिएको छ । देशव्यापी गरेको आम हड्ताल आज साँझ ५ बजेपछि खुलेको छ ।

आमहड्तालमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई दाहाल–नेपाल समूहले धन्यवादसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top