जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको एकदिने आमहड्तालको क्रममा प्रदेश २ मा सो समूहका ६१ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
बन्द सफल पार्न सडकमा निस्केका दर्जनौँ नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । बन्द गराउन हिंडेका ६१ जना प्रदर्शनकारीलाई पक्राउ गरि नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पर्साबाट ३१, धनुषाबाट ११, महोत्तरीबाट ५, रौतहटबाट ६, बाराबाट ८ र सिरहाबाट २ जनालाई नियन्त्रणमा लिइएको थियो ।
प्रदेश २ भरीबाट पक्राउ परेका ६१ मध्ये ५९ जनालाई छाडिएको छ भने सिरहाबाट पक्राउ परेका २ जनालाई अहिलेपनि नियन्त्रणमै राखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाइले जानकारी दिए ।
प्रतिक्रिया