ताजा समाचार


रिजनल इन्जिनियरिङ्ग कलेजको स्पोर्टस वीक जनकपुरधाममा जारी

द रियल समाचार     २०७७ माघ २२, बिहीबार, १८: ०७ मा प्रकाशित




जनकपुरधाम । मध्यमाञ्चल रिजनल इन्जिनियरिङ्ग कलेजले प्रत्येक वर्ष आयोजना गर्ने आरईसी स्पोर्टस वीक यस वर्ष पनि जारी रहेको छ ।

गत चैतमा आयोजना हुनुपर्नेमा कोरोनाका कारण गत माघ २० गतेदेखि सप्ताहव्यापी आठौं स्पोर्टस वीक सुरु भएको कलेजका संस्थापक संजय साहले जानकारी दिए ।

उनका अनुसार यस वीकमा कुल विभिन्न २२ खेलहरुमा विद्यार्थीहरु प्रतिस्पर्धाका गरिरहेका छन् । कलेजका छात्र/छात्राहरुको समेत सहभागिता रहेको खेलमा प्रत्येक दिन पहिलो, दोस्रो र तेस्रो हुने विजेतालाई फुलमाला र अविर लगाए सम्मान गरिनेछ भने वीकको अन्तिममा आयोजना हुने समारोहमा पुरस्कृत समेत गरिने बताइएको छ ।

सञ्चालक साहका अनुसार विजेताहरुलाई प्रमाणपत्र, मेडल, शिल्ड तथा प्रति महिनाको शिक्षण शुल्कमा छात्रवृती प्रदान गरिने छ । उनले भने,‘विद्यार्थीको मनोरञ्जन, स्वास्थ्य तथा अनुशासनका लागि हामि प्रत्येक वर्ष यो सप्ताह गर्दै आएका छौं जसलाई विद्यार्थीले नै भब्य बनाउने गरेका छन् ।’ स्पोर्टस वीक मिनि म्याराथनवाट सुरु भएको छ ।

सो म्याराथनमा नेपाल प्रह्री, ट्राफिक प्रहरीले समेत उतम सहयोग गरेको साहले बताए । म्याराथनमा कलेजका युवायुवतीहरु कलेज देखि जनकपुरधामको परिक्रमा सडकको अधिकांश भागको दुरी तय गरेका थिए । वीकमा म्याराथनका साथै क्रिकेट, भलिवल, ब्याडमिन्टन, चेस, क्यारम, हाईजम्प, लङ्गजंप र शटफुट सहित २२ खेलहरु खेलिदैं छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top