ताजा समाचार


बन्दको समर्थनमा कर्णालीका मुख्यमन्त्री शाही सडकमा

द रियल समाचार     २०७७ माघ २२, बिहीबार, १६: ५८ मा प्रकाशित




सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालको समर्थन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सडकमा आएका छन् ।

आमहड्ताललाई समर्थन गर्दै बिहीबार दिउँसो मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आमहड्तालको ऐक्यबद्धता जनाउँदै प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेका हुन् ।

मुख्यमन्त्री शाहीले ओली सरकारले असंवैधानिक रुपमा गरेको संसद विघटन र संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्ति विरुद्ध आफूहरु पनि सडकमा आउन बाध्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top