ताजा समाचार


बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप, वडाध्यक्ष ढुङ्गाना घाइते

द रियल समाचार     २०७७ माघ २२, बिहीबार, १४: २० मा प्रकाशित




महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको एकदिने आमहड्तालको क्रममा महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपमा परि बर्दिवास नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष राजन ढुङ्गाना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यता सड़क खण्ड खुलाउने क्रममा सामान्य झड़पमात्रै भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी र आन्दोलनकारी बीच भएको झड्पमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर–३ का वडाध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् ।

उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । वडा नम्बर–३ का अध्यक्ष ढुङ्गानाको टाउकोमा गम्भीर चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top