जनकपुरधाम । जनकपुरधाममा बजार बन्द गराउन हिंडेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका नेता कार्यकर्ता र प्रहरी बिच झडप भएको छ ।
प्रहरीसँगको झडपमा परी नेकपा दाहाल–नेपाल समुहका केन्द्रिय सदस्य रामचन्द्र झा घाइते भएका छन् । बजार गराउन जनकपुरधामको शिवचोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध सिर्जना गरेपछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन ।
उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए । नेता झालाइ उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता प्रहरीले दाहाल–नेपाल समुहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।
बन्दको क्रममा सो समुहका कार्यकर्ताहरुले ना.१ क.५१२ नम्बरको प्रहरीको भ्यान र ज.१ च.१५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड समेत गरेका छन् ।
प्रतिक्रिया