ताजा समाचार


नेकपाका केन्द्रिय सदस्य वाग्लेको सवारी दुर्घटनामा परी मृत्यु

द रियल समाचार     २०७७ माघ २२, बिहीबार, १३: ०५ मा प्रकाशित




सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका केन्द्रिय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

मोटरसाईकलमा सवार भई बरहथबाबाट नयाँरोडतर्फ आउने क्रममा बाटोमै लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मूर्तियाचोकबाट सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरीले बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले वाग्लेको मृत्यु भईसकेको बताएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले जानकारी दिए । भाटका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा वाग्लेको टाउकोमा हेल्मेट र आँखामा चश्मा थियो ।

‘आँखाको छेउमा निलडाम जस्तो देखिएको थियो, अन्य ठूलो चोटपटक देखिएको थिएन, चोटपटक हेर्ने भन्दापनि हतार हतार एम्बुलेन्समा राखेर उपचारका लागि बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रतर्फ पठाईएको थियो त्यहाँ डाक्टरले मृत्यु भइसकेको घोषणा गर्नुभयो,’ उनले भने । दुर्घटनाबारे गम्भिर एवं सुक्ष्म रुपमा अनुसन्धान भईरहेको उनले बताए ।

नेकपा जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार वाग्ले बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागि भई पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न बरहथवामा बसेका थिए ।

पन्तका अनुसार उक्त मसाल जुलुस सम्पन्न गरेर नयाँरोडतर्फ फर्किने क्रममा वाग्लेको ज. १० प. ३२०६ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top