ताजा समाचार


प्रदेश २ मा बुधबारसम्म २० हजार ५ सय ३० जनाले लगाए कोरोनाविरुद्धको खोप

द रियल समाचार     २०७७ माघ २१, बुधबार, १९: २५ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ मा बुधबारसम्म २० हजार ५ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रदेशको ८ वटै जिल्लाको ९ केन्द्र र १४ बुथबाट माघ १४ गतेदेखि सुरु गरिएको कोरोनाविरुद्धको खोप अभियानको आठौं दिन बुधबारसम्म २० हजार ५ सय ३० जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप मध्ये संघिय सरकारले प्रदेश २ सरकारलाई ३४ हजार ८०४ डोज खोप पठाएको थियो ।
कुन जिल्लामा कतिजनालाई खोप लगाइयो ?
प्रदेश सरकारले बुधबारसम्म पर्सामा ४ हजार ३ सय ९, धनुषामा ३ हजार २ सय ६३, सिरहामा २ हजार ७ सय ५७, सप्तरीमा २ हजार ५ सय ६६, सर्लाहीमा २ हजार ९०, महोत्तरीमा २ हजार ७१, रौतहटमा १ हजार ९ सय ७८ र बारामा १ हजार ४ सय ८७ जनालाई कोरोनाबिरुद्धको खोप लगाईसकेको निमित्त निर्देशक झाले बताए ।
कुन जिल्लामा कति डोज खोप उपलब्ध ?
प्रदेश सरकारले सबभन्दा बढि धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप उपलब्ध गराएको छ ।

पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सरसफाइकर्मीलाई लगाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top