जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदमा असंवैधानिक ढंगले नियुक्तिहरु गरेको भन्दै भत्सर्ना गरेको छ ।
नेकपा जिल्ला संघर्ष समिति धनुषाले भोली बिहिबार गरेको आम हड्ताल सफल पारिदिनका लागि अपिल समेत गरेको छ ।
संघर्ष समितिका धनुषा संयोजक सुधिर प्रसाद साह र सहसंयोजक दिपक यादवले संयूक्तरुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक एवं प्रतिगामी कदमको विरुद्धमा भोली विहिबार माघ २२ गते आम हड्ताल गरेको जनाएको छ ।
आम हड्तालको कार्यक्रम सफल पारिदिनका लागि सरोकारवाला पक्षसँग अपिल समेत विज्ञप्ति मार्फत गरिएको छ ।
विज्ञप्तिमा संवैधानिक निकायहरुको असंवैधानिक, अलोकतान्त्रिक तरिकाद्वारा गरिएको नियुक्ति प्रतिनिधिहरुलाई संसदीय सुनवाई नै नगरि तानाशाही किसिमले लोकतन्त्रको खिल्ली उडाई सपथ ग्रहण गराएको भन्दै भत्सर्ना समेत गरेको उल्लेख छ ।
प्रतिक्रिया