ताजा समाचार


ओली समुहले गरे प्रदेशसभा बार्षिकोत्सवको कार्यक्रम बहिष्कार

द रियल समाचार     २०७७ माघ २१, बुधबार, १७: २९ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को ओली समूहले बहिष्कार गरेको छ ।

बुधबार ३ वर्ष पूरा गरेको अवसरमा आयोजित वार्षीकोत्सव कार्यक्रममा ओली समुहले कार्यक्रम बहिष्कार गरेको हो । नेकपा संसदीय दलको नेताको रुपमा दाहाल–नेपाल समुहका शत्रुधन महतोलाई आसन ग्रहण गराएपछि ओली समुहले कार्यक्रम बहिष्कार गरेको हो ।

वार्षिकोत्सव कार्यक्रममा प्रदेशसभा सचिवालयले प्रमुख प्रतिपक्षी दलको नेता शत्रुधन महतो सम्बोधन गर्न थालेपछि ओली समूहका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले कार्यक्रम बहिष्कार गरेका थिए । प्रदेशसभा सदस्य मण्डल कार्यक्रमबाट बाहिरिएपछि ओली समूहका थप ४ जना प्रदेशसभा सदस्य उनीसंगै बाहिरिएका थिए ।

मण्डलले ८ महिना पूर्व तत्कालिन समाजवादी पार्टी र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल बीच एकीकरण भएपनि ति दुवै दलका नेताहरुले प्रतिपक्षी दलको नयाँ नेता निर्माण कसरी गरेको भन्दै प्रतिप्रश्न गरे । प्रदेशसभाले नियोजित ढंगले नेकपा फुट नुहदैँ षड्यन्त्र गरेको भन्दै सांसद मण्डलले उक्त विषयको निन्दा गरेका छन् ।

नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डललाई आयोजित कार्यक्रममा बोल्न नदिएपछि उनले समेत कार्यक्रम बहिष्कार गरेका थिए । दाहाल–नेपाल समुहले केहिदिन अघि मात्र सत्यनारायण मण्डललाई कारवाही गरी शत्रुधन महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

प्रदेशसभा सदस्य मण्डल पूर्व नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । भने अहिले ओली खेमामा छन् । सांसद मण्डल निस्किएको केहीबेरमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव समेत मञ्च छोडेर बाहिरिएका थिए । यद्यपी उनले आफूलाई अतिआवश्यक काम परेकोले कार्यक्रमस्थलबाट बाहिरिएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top