काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् ।
प्रमुख आयुक्त र दुई जना आयुक्त नियुक्त भएपछि आयुक्त जोशीले आजै राजीनामा दिएका हुन् । आफू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएपछि जोशीले राजीनामा दिएको बताइएको छ ।
नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले भने,‘राजीनामा दिएर म आयोगबाट विदा भइसकेँ ।’
बुधबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी हुन् । प्रमुख आयुक्त राईले बुधबार नै पदभार सम्हालिसकेका छन् ।
प्रतिक्रिया