काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काठमाण्डौ उपत्यकामा बुधबार मोटरसाइकल र्याली निकालेको छ ।
शुक्रबार काठमाण्डौमा शक्ति प्रदर्शन गर्न लागेको ओली समूहले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्याली निकालेको हो ।
ललितपुर र बालकुमारी पुलबाट सुरु भएको मोटरसाइकल र्याली सातादोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।
र्यालीमा सहभागीहरुले प्रधानमन्त्री ओलीको बडेमानको तस्बिर बोकेका थिए ।
प्रतिक्रिया