महोत्तरी । विद्यालयमा नियमित पठनपाठन हुनुपर्ने माग गर्दै महोत्तरीको पिपरामा बिद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
पिपरा गाउँपालिकास्थित श्री रामनारायण अयोध्या माध्यमिक विद्यालयका बिद्यार्थीहरुले बुधबार बिहान पिपराचोकमा घण्टौसम्म चक्काजाम गरेका छन् ।
विरोध प्रदर्शनमा सहभागी एक बिद्यार्थीले भने,‘प्रधानाध्यापक मनोज ठाकुर, गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरी, उपाध्यक्ष ननु कुमारी दास, शिक्षा शाखाका दुखरन चौधरीलगायत विद्यालय व्यवस्थापन समितिले समेत बिद्यार्थीको पठनपाठनमा कुनै ध्यान दिईरहेका छैनन् । उनीहरु मात्र कमिसन र भ्रष्टाचारमा लिप्त छन् । यस्तोमा हाम्रो भविष्य अन्धकारमा धकेदिने खतरा छ ।’
गाउँपालिका प्रमुखले शिक्षामा कुनै किसिमको ठोस कार्यक्रम लागू नगरेकोले आफुहरुलाई वाध्यतावस आन्दोलन गर्नुपरेको बिद्यार्थीहरुले बताए । विरोध प्रदर्शनमा कक्षा ९ र १० मा अध्ययनरत दर्जनौं छात्र छात्राहरुको सहभागीता रहेको थियो ।
यसैबिच बिद्यार्थीहरुले गाउँपालिकाको कार्यालय र वडा नम्बर–४ को कार्यालयमा ताला समेत लगाएका छन् ।
प्रतिक्रिया