सप्तरी । सप्तरीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा ४१ किलो गाँजा बरामद भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद भएको हो ।
सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले दिएको जानकारी अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
प्रतिक्रिया