ताजा समाचार


सप्तरीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

द रियल समाचार     २०७७ माघ २१, बुधबार, १४: २९ मा प्रकाशित




सप्तरी । सप्तरीमा बोलेरो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१ भारदहमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु २५ प ५७१२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको को १ ज ३१९९ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको रङगेली नगरपालिका–८ का ३७ वर्षीय भिमराज राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए ।

ठक्कर दिने बोलेरो तथा चालक धनकुटाको पाख्रावास नगरपालिका–४ का ३९ वर्षीय तोर्ण निरौला प्रहरीको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top