जनकपुरधाम । आज प्रदेश २ को प्रदेशसभाको वार्षिकोत्सब कार्यक्रम भईरहँदा कार्यक्रमस्थलमै एकजना प्रदेशसभा सदस्य बेहोस भएकी छन् ।
प्रदेशसभा स्थापनाको ३ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उपस्थित प्रदेशसभा सदस्य किरण यादव अचानक बेहोस भएकी छन् ।
उनलाई प्राथमिक उपचारका लागि सभामुखको निवासमा लगिएको छ । कार्यक्रममा सहभागी चिकित्सकहरु उनको उपचारमा खटेका छन् ।
सांसद यादवले आजै रक्तदान गरेकोले कमजोरीका कारण बेहोस भएको अनुमान गरिएको छ ।
उनको उपचारमा हालै नियुक्त भएका मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साह सहितका चिकित्सकको टीम खटेका छन् ।
प्रतिक्रिया