ताजा समाचार


अख्तियारका नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हाले

द रियल समाचार     २०७७ माघ २१, बुधबार, १४: १३ मा प्रकाशित




काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ ग्रहण गरेसँगै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् ।

कार्यालय पुग्दा कर्मचारीहरुले उनलाई फूलमाला सहित स्वागत गगरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top