ताजा समाचार


दाहाल–नेपाल समूहद्वारा भोलि आम हड्तालको घोषणा

द रियल समाचार     २०७७ माघ २१, बुधबार, १३: ५४ मा प्रकाशित




काठमाण्डौ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।

भूमि समस्या समाधान आयोग गठन र पदाधिकारी नियुक्ति, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति विरुद्ध आम हड्ताल गर्ने निर्णय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिईन् ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाण्डौमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

भोलीको आम हड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top