ताजा समाचार


दाहाल-नेपाल समूहका विद्यार्थीद्वारा नयाँ वानेश्वरमा चक्काजाम

द रियल समाचार     २०७७ माघ २१, बुधबार, १२: १९ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका विद्यार्थी संगठनले काठमाण्डौको नयाँ वानेश्वरमा चक्काजाम गरेका छन् ।

संसद विघटन विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत उनीहरुले आज बिहान केहिबेर चक्काजाम गरेर विरोध प्रदर्शन गरेका हुन् ।

सो समूहले माघ २१ गते सबै क्याम्पस अगाडि चक्काजाम गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार आज चक्काजाम गरि प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top