ताजा समाचार


संसद विघटन बिरुद्ध जसपाद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

द रियल समाचार     २०७७ माघ २०, मंगलवार, १९: १८ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलनमा रहेको जसपाले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेको जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

घोषित कार्यक्रम अनुसार जिल्ला स्तरमा माघ २३ गते जनप्रदर्शन, माघ २५ गते पुत्ला दहन एवं माघ २८ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको हो ।

खतिवडाले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडास्तरमा परिस्थिति अनुसार विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलनलाई जारी राख्ने जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top