ताजा समाचार


जगदगुरु रामानन्दाचार्यको जयन्ती महोत्सव सप्ताहव्यापी रुपमा मनाइँदै

द रियल समाचार     २०७७ माघ २०, मंगलवार, १९: ०२ मा प्रकाशित




जनकपुरधाम । श्री रामानन्दीय श्री वैष्णव संघले जनकपुरधाममा भव्य कार्यक्रमका बिच जगद्गुरु श्री रामानन्दाचार्यको सप्ताहव्यापी जयन्ती महोत्सव मनाइरहेको छ ।

श्री रामानन्दीय श्री वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधामस्थित रामानन्दचोकमा भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहित जयन्ती महोत्सव मनाईरहेको छ ।

माघ १६ गतेदेखि २२ गतेसम्म साध्वी चन्चलाको मुखारबिन्दुबाट श्रीरामजानकी कथा सहितको दिउंसो २ बजेदेखि साँझ ५ बजेसम्म भक्तमाल कथा वाचन भईरहेको छ भने बेलुका ५ बजेदेखि ६ बजेसम्म बधाई मंगलगान प्रतिदिन हुने बताइएको छ । २२ गते रामानन्दाचार्यको जन्मोत्सवका दिन नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिको प्रमुख आतिथ्यमा जयन्ती महोत्सव मनाईने बताइएको छ ।

बिहान ८ बजेदेखि पूजाआजा, १० बजेदेखि १२ बजेसम्म भक्तमाल कथा, १२ देखि २ बजेसम्म रामानन्दाचार्यको महत्व र उनले दिएको उपदेश बारे जयन्ती सभा र दिउँसो २ बजेदेखि ४ बजेसम्म नगरपरिक्रमा सहितको शोभा यात्रा निकालिने श्री रामानन्दीय श्री वैष्णव संघका अध्यक्ष रामरोशन दासले जानकारी दिए ।

सोहि दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म मंगल बधाईगान र प्रसाद वितरण गरी जयन्ती महोत्सव समापन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top