काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन भईसकेकोले निर्वाचन कुनैपनि हालतमा हुने दाबी गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तक्रिया कार्यक्रममा बोल्दै संसद भंग भइकन निर्वाचन आउन थालिसकेको उनले बताए ।
उनले भने,‘संसद विघटन भइसक्यो, निर्वाचन आउन लागिसक्यो । केहीले अझै निर्वाचन हुँदैन भनेर लागिरहेका छन् । संसद् विघटनलाई फिर्ता गराउन नपाए जित हुन्थ्यो भनेर लागिरहेका छन् । त्यस्तो जित्नकै लागि त निर्वाचनमै गए पनि हुन्छ नि !’ उनले नेपालले गोला बारुदसँगको युद्धमा समेत नहारेको इतिहास सुनाए । ‘हाम्रो देशले कहिल्यै नहारेको प्रमाण छ । इतिहासमा कत्रा कत्रा लडाईंमा नहार्ने अनि यत्रायत्रा फ्याँक्दा किन हार्ने ?’ उनले भने,‘तोप गोला बारुद वा काटमारको युद्धमा समेत हामीले अहिलेसम्म हारेको इतिहास छैन ।’
‘हामीले भकुण्डो हान्ने उता क्रिकेटमा त्यही बल हान्ने न हो । हामीले १२ दक्षिण एसियाली खेलकुदमा ३ स्वर्ण मात्रै जित्यौँ । किन हारेका छौँ?’ उनले भने, ‘नहार्ने इतिहास भए पनि खेलकुदमा हारिरहेका छौँ । हामीमा अभ्यासको कमी भइरहेका छ । किन कमजोर भइराख्ने?’
प्रधानमन्त्री ओलीले राष्टिय युद्ध जित्दा पनि कुस्ती, कम्फू कराते हारिरहेको बताए । खेलकुद क्षेत्रको विकास सम्पूर्ण क्षेत्रमा गर्नमा सरकार सकारात्मक रहेको उनले विश्वास दिलाए ।
प्रतिक्रिया