एजेन्सी । भारतको महाराष्ट्रस्थित यवतमाल जिल्लामा बालबालिकालाई पोलियो थोपाको साटो सेनिटाइजर खुवाउँदा १२ जना बालबालिकाहरु अस्पताल भर्ना गरिएको छ ।
उनीहरुमा बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सबै बालबालिका पाँच वर्षभन्दा कम उमेरका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र चिकित्सकको निगरानीमा उपचार जारी रहेको बताइएको छ । लापरवाही गर्ने तीनजना स्वास्थ्यकर्मीमाथ छानविन भइरहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
सामाजिक अभियान्ताहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
तस्बिर : सांकेतिक
प्रतिक्रिया