ताजा समाचार


आधिकारिकताको दाबी गर्दै दाहाल-नेपाल समूहले निर्वाचन आयोगलाई पत्र बुझायो

द रियल समाचार     २०७७ माघ २०, मंगलवार, १३: ०६ मा प्रकाशित




काठमाण्डौ । आफ्नो समूहलाई आधिकारिकताको दाबी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।

अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रिय कार्यालय पुगेर आधिकारिकताका लागि पत्र बुझाएका हुन् ।

सोमबार बसेको दाहाल-नेपाल समूहको चौथो केन्द्रिय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाइएको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । खनालले भने,‘दाबी प्रस्ताव गर्न दल ऐनको धारामा टेकेका छौं ।’

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको दाहाल-नेपाल समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गर्‍यो । तर आयोगले ११ माघमा दुबै पक्षको दाबी मानेन ।

त्यही कारण राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिता दाबी गरेको सो समूहका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top