ताजा समाचार


आधिकारिकता दाबी गर्दै दाहाल-नेपाल समूह आज निर्वाचन आयोग जाँदै

द रियल समाचार     २०७७ माघ २०, मंगलवार, ११: १० मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूह आफ्नो पक्ष आधिकारिक रहेको भन्दै आज निर्वाचन आयोगमा जान लागेको छ ।

हिजो बसेको सो समूहको केन्द्रिय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको दाहाल-नेपाल समूहका नेता लिलामणि पोखरेलले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गर्ने निर्णय नेकपाको दाहाल-नेपाल समूहले गरेको छ ।

बहुमत केन्द्रिय सदस्यहरु आफूसँगै रहेको भन्दै सो समूहले आफूहरु नै आधिकारिक रहेको दाबी गर्दै आएको छ ।

दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरुपमा नेकपा एक रहेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top