एजेन्सी । म्यानमारका सेनाविरुद्ध कठोर कदम चाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन् ।
त्यहाँ सोमबार सेनाले शासन सत्ता आफ्नो हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ ।
म्यानमारका सेनाको सो कदमको राष्ट्रपति बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई आग्रह गरेका छन् । नभए ‘उचित कदम’ चाल्ने चेतावनी दिएका छन् ।
म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।
प्रतिक्रिया