जनकपुरधाम । धनुषामा हाईस्पिड मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
जिल्लाको विदेह नगरपालिका-१ ठाढीका २५ वर्षीय सुविन मण्डलको मोटरसाइकल दुर्घटनामा परी सोमबार मृत्यु भएको हो ।
अगाडि पछाडि नम्बर प्लेटसमेत नरहेको मोटरसाइकल दुर्घटना हुँदा मण्डलको घटनास्थलमै मृत्यु भएको दुहबी प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक हिलस सिंहले जानकारी दिए ।
सो युवक सोमबार अपराह्न आफ्नो घर ठाढीबाट तीनकौरियाचौक एक हातले नै हाइस्पिडमा मोटरसाइकल चलाएर जाँदै गर्दा विदेह नगरपालिका-३ दुहबीमा अनियन्त्रित भएर दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
स्थानीयले दिएको जानकारी अनुसार युवक मण्डल नियमित रुपमा हाईस्पिडमै लापरवाह ढङ्गले मोटरसाइकल चलाउँदै अाईरहेका थिए ।
मृतक मण्डलको शव प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया