जनकपुरधाम । जिल्ला युवा सञ्जाल धनुषाको तेश्रो बार्षिक साधारणसभाबाट नियुक्त भएका पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् ।
अधिवक्ता राज कुमार महासेठको प्रमुख आतिथ्यमा जनकपुरधाममा सोमबार आयोजित एक कार्यक्रमका बिच सञ्जालका नवनियुक्त पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।
सञ्जालको अध्यक्षमा धीरज साह, उपाध्यक्षमा देव महतो, महासचिवमा कुलदिप साह, सचिवमा ओम प्रकाश मण्डल र कोषाध्यक्षमा खुश्बु साहलाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्यहरुमा बुधेश्वर रजक, जितेन्द्र राम, दिपीका कार्की, बजरङ्ग शर्मा, सिमा यादव र इन्द्रभुषन यादव रहेका छन् ।
नवनियुक्त पदाधिकारीहरूलाई प्रमुख अतिथि महासेठले हार्दिक बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अतिथिहरु अशोक साह, जमुना भुजेल, रोशन मिश्र, राजीव झा, गायत्री मिश्र, अन्जना साह, लक्ष्मी साहलगायतकाहरु उपस्थित थिए ।
प्रतिक्रिया