ताजा समाचार


सशस्त्र प्रहरीका एक बरिष्ठ हबल्दार घुस सहित अख्तियारको फन्दामा

द रियल समाचार     २०७७ माघ १९, सोमबार, १९: ३३ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीबाट सशस्त्र प्रहरीका एक बरिष्ठ हबल्दारलाई घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

जिल्लाको गौशाला नगरपालिकास्थित निगौलचोकबाट १५ हजार रुपैयाँ घुस रकम सहित गौशाला नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार श्रवण बस्नेतलाई पक्राउ गरिएको हो ।

सोमबार साँझ करिव ५ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट टिकाराम भण्डारीको नेतृत्वमा खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।

बस्नेतले दाउरा ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै एकजनासँग सो रकम घुस लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top