ताजा समाचार


अख्तियारको टोली जनकपुरधाम उपमहानगरपालिकामा

द रियल समाचार     २०७७ माघ १९, सोमबार, १८: ०३ मा प्रकाशित




जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय माथि परेका विभिन्न उजुरीहरुको अनुगमन थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा परेका विभिन्न उजुरीउपर आजदेखि अनुगमन सुरु गरिएको हो । अख्तियार कार्यालय बर्दिबासका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वमा आएको टोलीले जनकपुरधाम उपमहानगरपालिकामाथि परेका उजुरीहरुको छानविन सुरु गरेको छ ।

मुद्दाको कामकारवाही, लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरिक्षण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव ज्ञवालीले जानकारी दिए । उपसचिव ज्ञवालीको नेतृत्वमा आएको टोलीमा अख्तियार कार्यालयका इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाल लगायतकाहरु सहभागी छन् ।

उपमहानगरपालिकाद्वारा सञ्चालन भएका योजनाहरुको आजदेखि स्थलगत अनुगमन सुरु गरेको र यो कार्य निरन्तर जारी रहने उनले बताए । टोलीले अहिलेसम्म ४ वटा उजुरीमाथि छानविन गरिसकेको र बाँकी उजुरीमाथि छानविन निरन्तर जारी रहने अख्तियारले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top