काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेका छन् ।
आफुहरुको पक्षमा दुई तिहाइ केन्द्रिय सदस्य रहेको दावी गर्दै दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय गरिएको जानकारी दिए ।
बैठकले प्रधानमन्त्री ओलीको कदमको विरोधमा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ । प्रवक्ता श्रेष्ठले यसअघि आयोगले पठाएको पत्र प्राप्त भएको भन्दै फेरि पनि सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिनका लागि पत्र लेख्ने निर्णय भएको बताए । यस्तै पार्टीका नेताहरु हस्ताक्षरसहित आयोग जाने समेत बताइएको छ । नेकपाको केन्द्रीय समितिमा हाल ४३६ जना रहेका छन् ।
म्यानमारमा भएको सैन्य कुको विरोध गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतलाई रिहा गर्न पनि बैठकले माग गरेको छ ।
प्रतिक्रिया