सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिरहामा कालोझण्डा देखाइएको छ ।
तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन आज दिउँसो सिरहा पुगेका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा नेकपा दाहाल–नेपाल पक्षका युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।
स्व.यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका थिए । प्रहरीले कालोझण्डा देखाउने आधा दर्जन युवा तथा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया