एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी ६ आतङ्ककारी मारिनुको साथै अन्य ४ जना घाइते भएका छन् ।
लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा पर्ने बेदाक क्षेत्रको उक्त एम्बुस आक्रमण भएको सेनाका प्रवक्ता इमाल मोहमदले जानकारी दिएका छन् ।
बेदाक क्षेत्रमा रहेको प्रहरी चौकीमा आतङ्ककारीले आक्रमण गर्ने योजना गरिरहेको अवस्थामा एम्बुस आक्रमण भएको बताइएको छ ।
यस एम्बुस आक्रमणमा परी सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।
प्रतिक्रिया